प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न लामिछाने बालुवाटार पुगे

3.2k Shares

पौष १२, काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेसहितको टोली प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न बालुवाटार पुगेका छन् । उक्त टोलीमा सोबिता गौतम, शिशिर खनाल, कविन्द्र बुर्लाकोटी, विपिन आचार्य सहितका नेताहरु रहेका छन् ।

ravi lamichhane pm.jpg

प्रधानमन्त्रीका प्रेस संयोजक राम रावलले रास्वपाका नेताहरुसँग प्रधानमन्त्री सुशीला कार्कीले समसामयिक राजनीतिक विषय र निर्वाचन केन्द्रित छलफलका लागि भेट्न लागेकी हुन् ।

तुलसीपुर उच्च अदालतको आदेशबाट बिहीबार धरौटीमा रिहा भएका लामिछाने शुक्रबार मात्रै थुनामुक्त भएका थिए । सभापति रवि लामिछानेले आइतबारदेखि पुन: पार्टीको सभापतिको जिम्मेवारी सम्हालेका छन् ।

सम्बन्धित समाचार