कांग्रेस बैठक अझैं तीन दिनसम्म लम्विन सक्छः प्रवक्ता महत

4k Shares

काठमाडाैं । नेपाली कांग्रेसको केन्द्रिय समिति बैठक अझै केही दिन लम्बिने भएको छ । 

कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले बैठकमा नेताहरुले आफ्ना धारणा राखिरहेका कारण बैठक अझैं तीन दिन लम्बिने बताए । तर,  कांग्रेसमा महाधिवेशनको विषयलाई लिएर देखिएको विवादका कारण पनि बैठक लम्बिने देखिएको छ । 

‘छलफल जारी छ । अझै तीन दिन जति लाग्छ । बैठकको अन्त्यमा निष्कर्ष निकाल्ने हो । बोल्ने क्रम जारी छ । समसामयिक विषय, भदौ २३ र २४ को आन्दोलनपछिको प्रभावका बारेमा साथीहरुले आफ्ना विषय राख्नुभएको छ । प्रवक्ता महतले भने, 'संसद पुनः स्थापनका विषयदेखि लिएर राष्ट्रिय निर्वाचन, पार्टी अधिवेशन सम्बन्धमा कहिले कसरी गर्दा उपयुक्त हुन्छ भन्नेबारेमा साथीहरुले आफ्नो मत राख्नुभएको छ । हाम्रो कार्यकाल नै समाप्त हुँदैछ । नियमित महाधिवेशनबाट १५ औं महाधिवेशन गर्नुपर्छ । नवयुवाको उपस्थिति पनि हुन्छ भन्ने हो । निर्वाचनलाई मध्यनजर गरेर कार्यतालिकाबारे फरक मत आएको छ ।’

निर्वाचनलाई केन्द्रमा राख्दै कार्यतालिका निकालिने र बैठकको अन्तिममा निष्कर्ष निकाल्ने महतको दाबी छ । 

सम्बन्धित समाचार