देशभर भारी वर्षा, बाढी, पहिरो र डुबानको जोखिम बढेको भन्दै सतर्कता अपनाउन प्रचण्डको आह्वान

4.5k Shares

काठमाडौं । ने.क.पा. (माओवादी केन्द्र) को महाधिवेशन आयोजक कमिटीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशभर भारी वर्षा, बाढी, पहिरो र डुबानको जोखिम बढेकाले सतर्कता अपनाउन आह्वान गरेका छन्।

शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले मौसम विभागको चेतावनीअनुसार विभिन्न क्षेत्रमा उच्च जोखिम देखिएकाले जनसमुदायलाई सुरक्षित रहन अपिल गरेका हुन्। प्रचण्डले तीनै तहका सरकारलाई तीव्र पूर्वतयारी र प्रतिकार्यमा सक्रिय हुन आग्रह गर्दै पार्टीका नेता–कार्यकर्तालाई जनतासँगै रहेर जोखिमविरुद्ध सक्रियतापूर्वक जुट्न निर्देशनसमेत दिएका छन् ।

संयोजकको निर्देशन अनुसार देशभरका सबै पार्टी संरचना  मौखिक परिपत्र गरिएको माओवादीको एक् पूर्व पदाधिकारेल्व् जानकारी दिए । उनका अनुसार सचेतता अपनाए संभावित जोखिमबाट बच्न सकिन्छ । त्यसकारण सबैले सावधानी अपनाउनुपर्छ ।

सम्बन्धित समाचार