असोज- १०, काठमाडौं । नेकपा माओवादी केन्द्रको दुई दिनसम्म चलेको केन्द्रीय समितिको बैठकले आफैँलाई महाधिवेशन आयोजक समितिमा रुपान्तरण गरेको छ । केन्द्रीय समिति आयोजक समितिमा रुपान्तरण हुँदा पुष्पकमल दाहाल प्रचण्ड पनि अध्यक्षबाट संयोजकमा रुपान्तरित भएका छन् ।
काठमाडौंको प्रज्ञा भवनस्थित बैठकस्थलबाट बाहिरिँदै गर्दा प्रचण्डले पत्रकारहरूलाइ सम्छिप्त प्रतिक्रिया दिए, ‘म अब अध्यक्ष रहिँन, संयोजक भएँ ।’ प्रचण्डको यो अभिव्यक्ति यसकारण अर्थपूर्ण छ– कि केन्द्रीय समितिको बैठकमा सानै स्वरमा भएपनि प्रचण्डले नेतृत्व छाड्नुपर्ने आवाज उठेको थियो ।
साथै, आफ्नो प्रस्तावमा असहमति राख्ने वरिष्ठ उपाध्ष्क्ष नारायाणकाजी श्रेष्ठ र उपमहासचिव जनार्दन शर्माको प्रस्तावलाई समेत समेट्न् र महाधिवेशनसम्म छलफल गर्दै जाने प्रचण्डको प्रतिवद्धता छ । वरिष्ठ उपाध्यक्ष श्रेष्ठले आगामी फागुन २१ मा हुने प्रतिनिधि सभाको चुनाव पछाडि महाधिवेशन गर्नु उपयुक्त हुने बताएका थिए । नेतृत्वको सन्दर्भमा अध्यक्ष प्रचण्डले छोड्ने र कार्यवहाक अध्यक्ष आफूले पाउनुपर्ने प्रस्ताव राखेका थिए । यो प्रस्ताव अस्वीकृत भएको छ ।
उपमहासचिव जनार्दन शर्माले सबै पदाधिकारी नआउने गरी नयाँ टिम ल्याउने प्रस्ताव राखेका थिए । हाल रहेका पदाधिकारी निर्देशक समितिमा रुपान्तरित भएर रहने उनको प्रस्ताव थियो ।