2.9k
Shares
असोज- ९, काठमाडौं । जेन–जी प्रदर्शनका क्रममा तोडफोड र आगजनी भई क्षतिग्रस्त भएको काठमाडाैंको कोटेश्वर प्रभागको पुनर्निर्माण गरी त्यहाँ कार्यरत प्रहरीहरूलाई पुनर्स्थापना गराइएको छ ।

आज बिहीबार पूजाआजासमेत गरी प्रहरीहरूलाई पुनर्स्थापित गराइएको हो । सो अवसरमा प्रहरीहरूलाई मालाले सम्मान गरिएको थियो । साथै दिवंगत प्रहरीलाई श्रद्धाञ्जली व्यक्त गरिएको थियो ।
आन्दोलनका क्रममा देशका सयौँ प्रहरी कार्यालय जलाइएका थिए । जलाइएका चौकीहरू स्थानीय र अन्य दाताको सहयोगमा धमाधम पुनर्स्थापित भइरहेका छन् ।
