भक्त राना स्मृति राष्ट्रिय र्यापिड चेस प्रतियोगिता काठमाडौं मा सुरु हुँदै

9k Shares

भदौ ५ ,काठमाडौँ । दिवङ्गत जनमुक्ति सेनाका कमान्डर तथा खेलप्रेमि भक्त रानाकाे स्मृतिमा राजधानीमा भक्त राना स्मृति राष्ट्रिय र्यापिड चेस प्रतियोगिता -२०८२ यहि भदौ ११ र १२मा आयाेजना हुने  भएकाे छ। प्रतियोगिता अखिल नेपाल बुद्धिचाल सङ्घ र नेसनल स्पोट्र्स एकेडेमीको आयोजनामा हुन लागेको हो ।

फिडे इभेन्ट काेड ४३४४१५ अन्तर्गत हुने प्रतियोगिता१९०० भन्दा कम रेटिङका खेलाडीको मात्र सहभागिता रहने छ र सो प्रतियोगितामा स्वदेशी र विदेशी गरी २०० जनाले भाग लिने जनाइएको छ ।खेल र्यापिड फर्म्याट मा हुने छ ,जसमा प्रत्येक खेलाडीलाई १५मिनेट समय र प्रत्येक चालमा १०सेकेन्ड इन्क्रिमेन्ट दिइनेछ ।यसले खेललाई थप प्रतिस्पर्धात्मक र आकर्षक बनाउने आयाेजक समितिकाे भनाइ छ।8b95f7dc-3071-4d36-ab01-8c70d40f9c30.jpg

प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजकले लुम्बिनी भ्वाइस लाई जानकारी दिएको छ  । प्रतियोगिताको उद्घाटन पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले गर्ने छन् । प्रतियोगिता सिनामंगल स्थित होटेल रोयल एयरपोर्टमा हुने छ ।

काठमाडौँमा आयोजना हुने बुद्धिचाल प्रतियोगिताको पुरस्कार राशि २ लाख ४ हजार रुपैयाँ रहेको छ । प्रतियोगिताको लागत ११ लाख ४३ हजार रुपैयाँ छ ।

 सानै उमेर देखि खेलकुदमा चासो राख्ने गरेका रानाको गत वर्ष निधन भएको हो । उनी कम उमेरमै समाज परिवर्तनका लागि माओवादी युद्धमा होमिएका थिए । 

आयाेजकले स्मृति प्रतियोगिताले नेपालमा चेस खेलकाे स्तर उकास्ने नयाँ प्रतिभा पहिचान गर्ने र खेलकुद मार्फत समुदाय उत्थान मा याेगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन्। आयोजक अखिल नेपाल बुद्धिचाल संघले विगतमा पनि स्तरीय प्रतियोगिता आयोजना गर्दै आएको छ । 

 

सम्बन्धित समाचार