पेरिसडाँडामा माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी

4.2k Shares

काठमाडौं, १७ साउन ।काठमाडौं, १७ साउन । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक जारी छ । पार्टी मुख्यालय पेरिसडाँडामा जारी बैठकमा नेताहरुले आफ्नो धारणा राख्ने क्रम जारी छ ।

हिजोबाट सुरु भएको बैठक एक दिन लम्बिएर भोलि सम्पन्न हुने भनिएको छ । अध्यक्ष पुष्पकमल दाहालले हिजो बैठकमा राखेको प्रस्तावमाथि छलफल जारी छ ।

बैठकमा उपमहासचिव जनार्दन शर्माको पछिल्लो भूमिका र अभिव्यक्तिलाई लिएर अध्यक्ष प्रचण्डले बैठकमा आलोचना गरेका थिए । नेताहरुले पनि उपमहासचिव शर्माको अभिव्यक्तिको विषयमा बोल्ने बुझिएको छ ।

सम्बन्धित समाचार