2.2k
Shares
काठमाडौँ, असार २३ गते ।न्याय परिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा तीन जना न्यायाधीश मेघराज पोखरेल, श्रीकान्त पौडेल र शान्तिसिंह थापालाई नियुक्त गर्नु भएको हो ।
नवनियुक्त न्यायाधीशहरुको नाम प्रतिनिसभाअन्तर्गत संसदीय सुनुवाइ समितिले आज अनुमोदन गरेको थियो ।
सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्त हुने मेघराज पोखरेल वरिष्ठ अधिवक्ता हुनुहुन्थ्यो । त्यसै गरी, श्रीकान्त पौडेल उच्च अदालत जनपुरका मुख्य न्यायाधीश र शान्तिसिंह थापा उच्च अदालत दिपायलका मुख्य न्यायाधीश हुनुहुन्थ्यो ।