1.6k
Shares
काठमाडौं, १३ जेठ । आधा घण्टाको लागि स्थगित् भएको आजको प्रतिनिधिसभाको बैठक बस्दै नबसी स्थगित भएको छ ।
अर्को बैठक भोलि बिहान ११ बजे बस्ने भएको छ ।
आजको बैठकमा विपक्षी दलहरुले गृहमन्त्री लेखकको राजीनामा मागेका थिए । भिजिट भिसा प्रकरणमा उच्च तहको राजनीतिक संलग्नता रहेको आशंका गर्दै विपक्षीहरुले गृहमन्त्रीको राजीनामालाई बटमलाईन बनाएका छन् ।