क्याम्पस कार्यालयमा तालाबन्दी प्रति स्वावियुको आपती

1.8k Shares

सर्लाहीको हरिवनमा रहेको चर्तुभुजेश्वर जन्ता क्याम्पस कार्यालयमा तालाबन्दी भएको प्रति स्वातन्त्र विद्यार्थी युनियनले आपती जनाएको छ । कोरोना भाईरसको संक्रमणको कारण विश्व तहसनहस भएको अवस्थामा जिल्ला प्रशासन कार्यालय सर्लाहीको निर्देशन अनुसार साउन २१ गते हुनु पर्ने क्याम्पस व्यावस्थापन समितिको साधारण सभा हुननसकेको भन्दै नेपाल विद्यार्थी संघले क्याम्पसमा तालाबन्दी गरेको थियो ।
देश नै कोरोना भाईरसका कारण आक्रान्त बनेको परिस्थीतीमा क्याम्पस व्यावस्थापन समितिको साधारण सभा नगर्न जिल्ला प्रशासन कार्यालयले आग्ह गरेपछि स्थगीत भएको साधारण सभाको विषयलाई लिएर नेपाल विद्यार्थी संघले क्याम्पसमा तालाबन्दी गरेको थियो ।
सिङ्गो समुदायको शैक्षिक स्तर माथी उठाउदै गरेको क्याम्पसमा अराजक गतिविधि मौलाउन थालेको भन्दै स्वातन्त्र विद्यार्थी युनियन चर्तुभुजेश्वर जन्ता क्याम्पस कमिटिले गंभिर ध्यानाकर्षण भएको भन्दै एक विज्ञाप्ती जारी गरेको स्वावियु सचिव विनोद रेग्मीले जानकारी दिनुभयो ।

स्वावियु सभापति प्रज्वल ढंगानाद्धारा हस्ताक्षरीत विज्ञाप्तीमा शैक्षिक संस्थामा अराजक गतिविधि नगर्न र नेपाल विद्यार्थी संघलाई जिम्मेवारी पुर्ण तरीकाबाट देशको स्थिती बुझ्न आग्रह गरेको छ । 

सम्बन्धित समाचार