1.4k
Shares
काठमाडौँ, वैशाख ८ गते । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले राजीनामा दिनुभएको छ । शिक्षा मन्त्रालयका अनुसार मन्त्री भट्टराईले सोमबार प्रधानमन्त्री समक्ष राजीनामा दिनुभएको हो ।
नेपाल शिक्षक महासङ्घले विभिन्न माग राख्दै गत चैत १५ गतेदेखि निरन्तर काठमाडौँ केन्द्रित शैक्षिक आन्दोलन गर्दै आएको छ ।
विद्यालय शिक्षा विधेयकको विषयमा प्रधानमन्त्री ओली र मन्त्री भट्टराईबीच लामो समयदेखि मतभेद रहँदै आएको गाइँगुईँ चलिरहेको थियो । उक्त गाइँगुइँका बीच शिक्षा मन्त्री भट्टराईले राजीनामा बुझाएकी छन् ।
उहाँ शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पदमा गत २०८१ असार ३१ गते नियुक्त हुनुभएको थियो ।