1.9k
Shares
चैत २८,काठमाडौं।विद्यालय शिक्षा ऐन जारी गर्न माग राख्दै नेपाल शिक्षक महासंघले बिहीबार पनि काठमाडौँमा प्रदर्शन गरेको छ । काठमाडौंकेन्द्रित आन्दोलन गरिरहेका शिक्षक र प्रहरीबीच धकेलाधकेल भएको छ ।
महासंघले काठमाडौँको माइतीघर–बबरमहल क्षेत्रमा प्रदर्शन गरेका हुन् ।शिक्षकहरू बिजुलीबजारबाट मुख्य लेनमा प्रवेश गर्न खोजेका थिए तर, प्रहरीले उनीहरूलाई रोक्न खोज्दा धकेलाधकेल भएको हो ।
शिक्षकहरूले सडकका ३ वटै लेन कब्जा गर्न खोज्दा प्रहरीसँग विवाद भएको छ ।अहिले भने शिक्षकहरू तीनवटै लेनमा छन् ।