चैत २७,काठमाडौं।देशव्यापी रूपमा जारी शिक्षक आन्दोलनप्रति समाजवादी दलित मोर्चा नेपालले ऐक्यबद्धता जनाउँदै सरकारलाई शिक्षकका मागहरु सम्बोधन गर्न गम्भीर आग्रह गरेको छ ।
मोर्चाले एक प्रेस विज्ञप्ति जारी गर्दै आन्दोलनरत शिक्षकहरूको न्यायपूर्ण मागप्रति समर्थन जनाएको हो ।विज्ञप्तिमा नेपाल सरकार र शिक्षक महासंघबीच वि।सं। २०७५, २०७८ र २०८१ असोजमा भएका सहमति कार्यान्वयन नभएकोप्रति गम्भीर आपत्ति जनाइएको छ । मोर्चाले शिक्षा क्षेत्र अस्तव्यस्त हुनु गम्भीर र लज्जास्पद विषय भएको भन्दै नयाँ शिक्षा ऐन तुरुन्त संसदबाट पारित गर्न माग समेत गरेको छ ।
चार दलित संगठनहरूको संयुक्त जारी विज्ञप्तिमा निम्न नेताहरूको समर्थन उल्लेख गरिएको छ:
दलजीत श्रीपाली – केन्द्रीय अध्यक्ष, नेपाल दलित मुक्ति मोर्चा
रामअवतार पासवान – केन्द्रीय अध्यक्ष, नेपाल दलित मुक्ति संगठन
रामलाल सी – केन्द्रीय अध्यक्ष, श्रमिक समुदाय मोर्चा नेपाल
शिव वर्मा – केन्द्रीय अध्यक्ष, समाजवादी दलित मुक्ति मोर्चा
उनीहरूले सरकारलाई वार्ताको नाममा मात्र समय खर्चेर माग कार्यान्वयन नगर्ने प्रवृत्तिको अन्त्य गर्न र शिक्षकलाई विद्यालय फर्काउने वातावरण सिर्जना गर्न आग्रह गरेका छन् ।