प्रधानमन्त्री ओलीले आगामी बजेटबारे मन्त्री र सचिवहरुसँग छलफल गर्ने

1.4k Shares

चैत २८, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी अर्थिक वर्षको बजेट तयारीबारे सबै मन्त्री र सचिवहरुसँग छलफल गर्दै हुनुहुन्छ ।

आज बिहीबार दिउँसो ३ः३० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा  बजेटको तयारीबारे छलफल गर्न लागेको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ ।

सरकारले नयाँ बजेट जेठ १५ बजे संसद पेश गर्नैपर्ने संवैधानिक व्यवस्था छ ।

त्यसअघि मिनी बजेट भनिने सरकारको नीति तथा कार्यक्रम राष्ट्रपतिबाट प्रस्तुत हुनेछ ।

सम्बन्धित समाचार