2.5k
Shares
काठमाडौँ, चैत २० गते। नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्तिसम्बन्धी विवादमा निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङ र नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले दायर गरेको रिट आज पनि हेर्दाहेर्दैमा राखिएको छ ।
न्यायाधीशद्वय कुमार चुडाल र नित्यानन्द पाण्डेयको इजलासमा रिटमाथि सुनुवाइ भएको थियो ।
मङ्गलवार सुनुवाइ नभएपछि बुधबारका लागि पेसी तोकिएको थियो ।
आज सुनुवाई नसकिएपछि दुवै जनाको रिट हेर्दाहेर्दैमा राखेको हो ।