प्रधानमन्त्री ओलीले बोलाए साँझ ५ बजेको लागि सर्वदलीय बैठक

2.6k Shares

काठमाडौं, १७ चैत्र । प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले आज साँझ ५ बजे बस्नेगरि सर्वदलीय बैठक बोलाएका छन् । राजावादीहरुको प्रदर्शनको कारण उत्पन्न परिस्थितिको बारेमा छलफल गर्नका लागि सर्वदलीय बैठकको माग गरिएको थियो । सोहीअनुसार प्रधानमन्त्री ओलीले आज साँझ ५ बजे बालुवाटारमा बस्नेगरि बैठक बोलाएका हुन् ।


हिजोमात्रै मुख्य सत्तासाझेदार दल नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले पनि गणतन्त्रपक्षधरहरुको बैठक बोलाउनुपर्ने भनेको थियो ।

विपक्षी दलका नेता पुष्पकमल दाहाल विशेष कार्यक्रमको लागि सिन्धुली जाने र उताको कार्यक्रम सकेर काठमाडौं फर्किँदा ढिला हुने भएकोले सर्वदलीय बैठक साँझ ५ बजेको लागि तय भएको जनाईएको छ ।

सम्बन्धित समाचार