त्रिविका उपकुलपति केशरजंग बरालले दिए पदबाट राजीनामा

1.9k Shares

१७ चैत,काठमाडौं ।त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा।डा। केशरजंग बरालले पदबाट राजीनामा दिएका छन्। चारवर्षे कार्यकालका लागि उपकूलपतिमा नियुक्त भएका प्रा।डा। बरालले १३ महिनामै राजीनामा दिएका हुन् ।
उनले स्वास्थ्यको कारण देखाउँदै राजीनामा दिएका हुन्।
स्वास्थ्यका कारण राजीनामा दिएको बताए पनि उनले विश्वविद्यालयमा हुने राजनीतिक हस्तक्षेपप्रति पटक–पटक असन्तुष्टि जनाउँदै आएका थिए।
राजनीतिक हस्तक्षेपले गर्दा विश्वविद्यालयमा शैक्षिक वातावरणमै असर परेको उनी बताउँदै आएका थिए।
नेकपा ९माओवादी केन्द्र०निकट उनलाई तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले २०८० फागुन १० गते त्रिविको उपकुलपतिमा नियुक्त गरेका थिए।सरकारको दवाब र विश्वविद्यालयकै अरु पदाधिकारीहरुको निरन्तर असहयोगका कारण उनले राजीनामा दिएको बताइएको छ ।

सम्बन्धित समाचार