जनार्दन शर्माद्वारा कुलमानको प्रशंसा

1.8k Shares

काठमाडौं, १२ चैत । सोमबार बेलुका बसेको  मन्त्रिपरिषद्को बैठकले विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङ लाइ हटाउने निर्णय गरेको थियो ।

नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले भने कुलमान घिसिङको प्रशंसा गरेका छन् ।

शर्माले मंगलबार आफ्नो फेसबुकमार्फत लोडसेडिङबाट आहत नागरिकलाई उज्यालो नेपालको सपना र योजनाको कार्यान्वयनमा कुलमानले खेलेको भूमिकाको प्रशंसा गरे ।

जनार्दन शर्माले  भनेका छन्, ‘पहिले पनि लखेटिएका कुलमानलाई संघर्ष गरेरै मैले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको जिम्मेवारी दिएको कुरा स्मरण गर्दै, लोड सेडिङबाट आहत नागरिकलाई उज्यालो नेपालको हाम्रो सपना र योजनाको कार्यान्वयनमा कुलमानले खेलेको भूमिकाको प्रशंसा गर्दै भन्न चाहन्छु राम्रो काम गर्नेलाई लखेट्ने सोच, प्रवृत्ति र पात्रहरूले वेला वेलामा युद्ध जितेको आत्मसन्तुष्टि गरेपनि ती सधैँ पराजित नै हुनेछन् ।’  

सम्बन्धित समाचार