आरआरमा स्ववियु निर्वाचन गराउन माग गर्दै नेविसंघको प्रदर्शन (तस्बिरहरु)

3.6k Shares

चैत ५, काठमाडौँ । रत्नराज्यलक्ष्मी (आरआर) क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन स्थगित भएपछि नेविसंघले प्रदर्शन गरेको छ।

मंगलबार नेविसंघले क्याम्पसको गेट अगाडि नाराबाजी गर्दै प्रदर्शन गरेको हो।उनीहरूले तत्काल स्ववियु निर्वाचन हुनुपर्ने माग गरेका छन्।

क्याम्पस प्रवेशद्वारामा तालाबन्दी भएको र प्रतिकुल अवस्था सृजना भन्दै कलेज प्रशासनले  आज बिहान निर्वाचन स्थगित गरेको थियो ।

सरोकारवाला सम्पूर्ण पक्षसँग छलफल गरी निर्वाचनको अर्को मिति तय गरिने बताइएको छ ।  सत्तारुढ एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुले गएराति क्याम्पसमा तालाबन्दी गरेको  थियो ।

क्याम्पस प्रशासनले नक्कली परिचयपत्र जारी गरेको भन्दै अनेरास्ववियुले तालाबन्दी गरेको अनेरास्ववियुको दाबी छ।

सम्बन्धित समाचार