सार्वभौम जनता फेरि रैती बन्दैनन्

1.7k Shares

फागुन २८,काठमाडौँ। प्रतिनिधि सभामा प्रमुख विपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सार्वभौम भइसकेका नेपाली जनता फेरि रैती बन्छन् भन्ने सोच्नु भ्रम हुने बताउनुभएको छ । पूर्वराजा ज्ञानेन्द्र शाहको पछिल्लो वक्तव्य र समर्थकको सभा लगत्तै प्रतिनिधि सभामा विशेष समय लिएर प्रचण्डले नागरिक रैती हुन्छन् भन्ने भ्रम नपाल्न चेतावनी दिनुभएको हो । शासकीय शैलीका कारण जनता निराश बनेको र त्यसको प्रभाव सडकमा देखिन थालेको पनि उहाँले बताउनुभयो ।Parliament_sujan-gurung_DSC_1696.jpg

विशेष समयमा प्रचण्डले भन्नुभयो, “बर्सौंसम्म बन्द कोठामा समेत राजतन्त्र पुनस्र्थापनको सपना देख्न डराएकाहरू आज सडकमै ओर्लिएका छन् र सडकबाटै राजतन्त्र पुनस्र्थापनाको चुनौती दिन थालेका छन् । राजावादीहरूको यो चहलपहलका पछाडि सङ्गठित प्रयास छ भन्ने कुरा हामीलाई थाहा छ । यसमा देशभित्र र बाहिरका चलखेल पनि मिसिएका छन् तर म के भन्न चाहन्छु भने यस खालका चलखेल आज मात्रै भएका होइनन् । नेपालमा यस्ता चलखेल हिजो पनि थिए, अस्ति पनि थिए तर अहिले चाहिँ अचानक वृद्धि किन भयो ? प्रश्न मुख्यतः यहाँ रहेको छ ।”

उहाँले जनताको बलिदानबाट प्राप्त उपलब्धि उल्ट्याउने प्रयास भइरहेको पनि बताउनुभयो । प्रतिगमनलाई परास्त गर्न लोकतान्त्रिक शक्ति एकजुट हुनुपर्ने पनि उहाँको धारणा थियो । 

सङ्घीयता र संविधान कार्यान्वयनका कानुन निर्माणमा सरकार अनिच्छुक भएको आरोप पनि प्रचण्डको थियो । उहाँले सरकार गठन नै संविधानमाथिको बलमिच्याइँ भएको आरोप लगाउनुभयो । 

सम्बन्धित समाचार