राजावादी सक्रिय भएपछि माओवादीको जागरण अभियान स्थगित

2.5k Shares

काठमाडौं, फागुन २५ । नेकपा (माओवादी केन्द्र)को हुलाकी राजमार्ग केन्द्रित तराई-मधेस जागरण अभियान आइतबारदेखि स्थगित भएको छ।

फागुन १२ गतेदेखि झापाको कचनकवलबाट सुरू भएको जागरण अभियान आइतबार बारा, पर्सा र चितवनमा हुने तय थियो।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीकै अलोकप्रिय र लोकतन्त्रविरोधी कदमको कारण गणतन्त्रमाथि प्रहार हुन थालेको निष्कर्ष निकालेका छन् ।

मुलुकको राष्ट्रिय राजनीतीको समीक्षा गर्दै माओवादीले तत्कालका लागि  अभियान रोकेर काठमाडौं फर्किने निष्कर्ष निकालेको हो।त्यस्तै माओवादी केन्द्रले राजावादीहरुको पछिल्लो गतिविधि बारे छलफल गर्न आइतबार पदाधिकारी बैठक समेत बोलाएको  महासचिव देव गुरूङले जानकारी दिए।

बैठक बसेर मुलुकको राष्ट्रिय राजनीतिक परिस्थितिलगायतका सबै पक्षरहरूलाई समीक्षा गर्छौं र बाँकी कार्यक्रमहरू तय गर्छौं,' उनले भने।

माओवादीको जागरण अभियान झापाबाट रौतहट पुगेको छ। अब बारा, पर्सा, चितवन, नवलपुर, नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बर्दिया, बाँके, कैलाली र कञ्चनपुर बाँकी छ।

सम्बन्धित समाचार