1.1k
Shares
काठमाडौं, १९ माघ । पूर्व उपप्रधान एवं गृहमन्त्री भीम रावलले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर बेच्नेलाई कानुन संशोधन गरी फाँसीको सजाय दिनुपर्ने बताएका छन् । आज (शनिबार) दिपालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । केपी शर्मा ओली अघिल्लो पटक प्रधानमन्त्री भएको बेला नक्कली भुटानी शरणार्थी प्रकरण बनाएर नेपाली पठाउने काम भएको उनले बताए । तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ समेतको सो प्रकरणमा संलग्नता हुनसक्ने उनको आशंका छ ।
त्यस्तै, नेता रावलले सरकारले पछिल्लो गलत मनशाय राखेर अध्यादेशमार्फत कानुन संशोधन गरेको उनको आरोप छ । अध्यादेशमार्फत वन जंगल क्षेत्र व्यक्तिलाई दिने कानुन बनाइएको उनले बताए ।