यहि मिति २०८१ माघ १३ गते वसेको समाजवादी मोर्चा नेपाल आवद्घ युवा संगठनहरुको वैठक वसी देशका आम नागरिक र युवाहरुले भोग्नु परेको समस्याका विसयमा गम्भिर र गहन छलाफल भयो हामि सम्वद्घ युवा संगठन देश र जनताले भोगेको समस्या प्रति गम्भिर भएका छौ ।
देशमा दिनप्रतिदिन बढ्दो कालोबजारी, महँगी र भ्रष्टाचारले आम जनताको जीवनलाई असहज बनाउँदै गएको वर्तमान परिस्थितिप्रति समाजवादी मोर्चा नेपाल सम्बद्ध समाजवादी युवा मोर्चाको गम्भीर ध्यानाकर्षण भएको छ। ज्यामी, किसान, मजदुर, मध्यम बर्ग लगायत श्रमजीवी वर्गको जीवन कठिन बन्दै गएको छ भने कालोबजारी, माफिया र सिण्डिकेटको बलियो प्रभावले अवस्था झनै जटिल बनाएको छ।
यस गम्भीर अवस्थाका बाबजुद नेपाली कांग्रेस र नेकपा एमाले नेतृत्वको सरकार जनहितका सवालमा पूर्णतः उदासीन गैरजिम्मेवार देखिएको छ । आम नागरिकले महसुस गर्ने गरि सरकारमा बसेकाहरू सेटिङ र सिण्डिकेटको प्रभावका कारण जनतामा निराशा र आक्रोश बढ्दै गइरहेको छ।
समाजवादी युवा मोर्चा बर्तमान सरकारको जनविरोधी गतिविधिहरूप्रति सचेत गराउँदै भ्रष्टाचार, महँगी र कालोबजारीको अन्त्य गर्न तत्काल ठोस कदम चाल्न आग्रह गर्दछ । हाम्रो आग्रहलाई बेवास्ता गर्दै यदि सरकार अझै उदासीन रहन्छ भने थप संघर्ष र चरणबद्ध आन्दोलनका कार्यक्रम अघि बढाउन हामी बाध्य हुनेछौँ ।
यसै सन्दर्भमा, समाजवादी युवा मोर्चाले माघ १८ गते, दिउँसो १ बजे, माइतीमण्डलादेखि नयाँ बानेश्वरसम्म भ्रष्टाचार, कालोबजारी र महँगीविरुद्ध तथा जनजीविकाका पक्षमा संयुक्त प्रदर्शनको आयोजना गर्ने निर्णय गरेको छ । उक्त र्याली र कोणसभामा सहभागी हुन सम्पूर्ण श्रमिक, युवा, राजनीतिक, र सामाजिक अभियन्ताहरूसँग हार्दिक अपिल गर्दछ । प्रदर्शनले भ्रष्टाचार र कालोबजारीका विरुद्ध जनताको आवाज बुलन्द गर्दै सरकारलाई जनजीविकाका समस्यामा केन्द्रित हुन आग्रह गर्दछ। विद्यामान बेथिति, भ्रष्टाचार र कालोबजारी विरुद्ध सुशासनका पक्षमा दृढताका साथ उभिनु आजको आवश्यकता हो।
जनताको अधिकार र जनजीवनस्तरको सुधारको पक्षमा ऐक्यबद्धता जनाउन माघ १८ गतेको प्रदर्शनमा सक्रिय सहभागीता जनाइदिनुहुन सम्पूर्ण नागरिक, श्रमजीवी, र युवा समुदायलाई विशेष आह्वान गर्दछौं।
क्रान्तिकारी अभिवादन सहित...