अखिल क्रान्तिकारीका महासचिवमा जनार्दन पक्षका थापामगर विजयी

1.4k Shares

माघ १६,काठमाडौँ । नेकपा माओवादी केन्द्रसम्बद्ध विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)को महासचिवमा पार्टी उपमहासचिव जनार्दन शर्मा पक्षका उम्मेदवार रोशन थापामगर विजयी भएका छन्।

थापामगरले महासचिवका लागि प्रतिष्पर्धामा रहेका ७ जना उम्मेदवारलाई पछि पार्दै विजय हासिल गरे। महासचिवका लागि सञ्जयकुमार महतो, तिर्सना हमाल, पदमप्रसाद काफ्ले, प्रतिक कार्की, शिब बस्नेत, श्यामबहादुर रोक्का र सञ्जिव फुयाल प्रतिस्पर्धामा थिए।

महासचिवमा निर्वाचित थापामगर यस अघि  पुल्चोक इन्जिनियरिङ क्याम्पसको स्ववियु सभापति थिए । थापामगर नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्मा निकट मानिन्छन् । उपमहासचिव शर्मा अर्थमन्त्री रहदाँ उनी सचिवालयमा बसेर काम गरेका थिए ।

सम्बन्धित समाचार