काठमाडौं, माघ १५ । नेकपा (एमाले) को संसदीय दलको बैठक आज बस्दै छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा दिउँसो १ बजे बस्ने गरी बैठक बोलाएको आजको बैठक संसद् अधिवेशन सुरु हुनुअघि आवश्यक रणनीति तय गर्न बोलाइएको हो ।
बैठकमा आउँदो अधिवेशनमा प्रस्तुत हुने नयाँ विधेयकका विषयमा छलफल, संसद्लाई कसरी प्रभावकारी बनाउने र सांसद कसरी प्रस्तुत हुने भन्नेबारे छलफल हुनेछ । बैठकमा सरकारले ल्याएका अध्यादेशको बचाउमा एकमत भएर जान प्रधानमन्त्री तथा संसदीय दलका नेता केपी शर्मा ओलीले निर्देशन दिनेछन्।