रबिलाई आज पुनः अदालत लगिँदै

1.2k Shares

माघ २,काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज पुनः अदालत लगिँदैछ । लामिछानेको तर्फवाट थुनछेक बहस सकिए पनि जाहेरीवालाकोतर्फवाट भइरहेको थुनछेक बहस नसकिए पछि उनी गत आइतवारदेखि काठमाडौं प्रहरीको हिरासतमा रहेका छन् ।काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको एकल इजलासमा उनको थुनछेक बहस भइरहेको छ ।

बहस नसकिएको भन्दै आइतबार र सोमवार उनलाइ हिरासतमा राख्न आदेश दिएका हुन । मंगलबार सार्बजनिक बिदा भएकाले बहस हुन नसके पछि उनलाइ बुधबार मात्रै अदालत जान दिइएको हो । थुनछेक बहस सम्भवतः आजै सकिने भएकाले उनी पुर्पक्षका लागि थुनामा रहने कि बाहिर बसेर कानूनी लडाइ लडने भन्ने आज आदेश आउन सक्ने जनाइएको छ ।

सम्बन्धित समाचार