अन्धकारमा बनेको सरकारले मध्यरातमा अध्यादेश ल्याएछः सुमना श्रेष्ठ

1.6k Shares

२७ पुष, काठमाडौं।  राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० कि नेतृ एवं पूर्वमन्त्री सुमना श्रेष्ठले मध्यरातको अध्यारोमा बनेको सरकारले मध्यरातमा नै अध्यादेश ल्याएको टिप्पणी गरेकी छन् । लोकतन्त्रमा संसद् छलेर अध्यादेश ल्याउनुलाई उनले ‘कहीँ नभएको जात्रा’ को संज्ञा दिएकी छन् । संसद्को आउँदो अधिवेशनमा अध्यादेश र सरकारको निरङ्कुशताबारे छलफल हुने उनको चेतावनी छ ।

सरकारले अध्यादेशबाट देश चलाउने तानाबाना बुनिरहेको उनको आरोप छ । पूर्वमन्त्री श्रेष्ठले सरकार संसद्मात्र नभएर जनताको प्रतिक्रियासँग पनि डराएर भागिरहेको टिप्पणी गरेकी छन् ।

‘मध्यरातको अन्धकारमा बनेको सरकारले मध्यरातको अन्धकारमै अध्यादेश ल्याएछ। संसद्मा सत्तापक्षको दुईतिहाई छ । तर, सरकार संसदबाट तर्सिन्छ र अध्यादेशबाट देश चलाउने तानाबाना बुन्छ। कारण स्पष्ट छः सरकार संसदमात्र होइन जनताको प्रतिक्रियासँग पनि डराएर भागिरहेको छ,’– ृउनले सामाजिक सञ्जालमार्फत भनेकी छन् ।

सम्बन्धित समाचार