आजबाट रविको तर्फबाट बहस सुरु

1.5k Shares

लेखनाथ, पुस २२ गते । पोखरा–४, कास्कीमा रहेको सूर्य दर्शन बचत तथा ऋण सहकारी ठगी अभियोगमा कास्की जिल्ला अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा० सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछानेका तर्फबाट बहस सुरु हुँदै छ । कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासमा थुनछेक बहस भइरहेको छ । रविको पक्षमा बहस गर्न रास्वपाकी सांसदसमेत रहेकी अधिवक्ता सोविता गौतम कास्की अदालत प्रवेश गरेकी छन् । सोवितासहित रविको पक्षमा कम्तीमा १ दर्जन कानून व्यवसायीले बहस गर्नेछन् ।

मङ्गलबार या बुधवार प्रतिवादीहरूको बहस सकिने र त्यसपछि जवाफी हुनेछ । 

जवाफी बहसपछि प्रतिवादीहरूलाई साधारण तारेखमा छाड्ने, धरौटीमा छाड्ने वा पुर्पक्षका लागि थुनामा पठाउनेमध्ये एक निर्णय हुनेछ । सूर्य दर्शन सहकारी ठगी प्रकरणमा रविसहित विपक्षी बनाइएका ४४ जनाविरुद्ध सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण अभियोग लगाइएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालयले सूर्य दर्शन सहकारी ठगी आरोपमा २०८० असोज १८ गते १९ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो । पुस २ गते उनीहरू विरूद्ध पनि सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधको थप अभियोग लगाइएको छ ।  पूरक र थप गरी सूर्य दर्शन सहकारी अपचलनमा ६६ जना प्रतिवादी छन् । उनीहरूसँग एक अर्ब ५१ करोड बिगो माग गरिएको छ । जिल्ला सहकारी वकिलको कार्यालयले पुस ७ गते पूरक अभियोग दर्ता गरेको थियो । 

सम्बन्धित समाचार