एकीकृत समाजवादीसँग वार्ता गर्न वामदेवले बनाए टोली

1.3k Shares

काठमाडौं, ९ पुस ।नेकपा एकता अभियानका संयोजक वामदेव गौतमले नेकपा एकीकृत समाजवादीसँग वार्ता गर्न वार्ताटोली गठन गरेका छन् । गौतमले आज डीबी कार्कीको नेतृत्वमा भगवती विष्ट र लोकनाथ धमला सदस्य रहेको तीन सदस्यीय टोली गठन गरेका हुन् ।

गौतमले गठन गरेको टोलीले अब एकीकृत समाजवादीसँग छलफल गर्नेछ । एकीकृत समाजवादीले पनि माधवकुमार नेपाल, प्रमेस हमाल र बलराम बाँस्कोटा रहेको वार्ता टोली गठन गरेको छ । बुधबार यी दुवै टोलीले वार्ता गर्ने तय भएको छ ।

 

एमाले विभाजनपछि नेकपा एकता अभियानको संयोजक बनेका थिए । केही दिनमै उनी एकीकतृ समाजवादी प्रवेश गर्ने तयारीमा लागेका छन् । एकीकृत समाजवादीमा उनी तेस्रो वरीयता लिएर प्रवेश गर्ने बताईएको छ ।

सम्बन्धित समाचार