नक्कली भुटानी शरणार्थी प्रकरणः बेचन र प्रतिकलाई थुनामै राख्न उच्चको आदेश

1.2k Shares

पुष १,काठमाडौं । उच्च अदालत पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा आरोपितहरु बेचन झा र प्रतिक थापालाई थुनामै राख्न आदेश दिएको छ । आफूलाई काठमाडौं जिल्ला अदालतले गैरकानुनी रुपमा थुनामा पठाएको भन्दै बेचनले उच्च अदालतमा निवेदन दिएका थिए ।

सो निवेदनमाथि सुनुवाई गर्दै उच्च अदालत पाटनका न्यायाधीशद्वय अञ्जु उप्रेती ढकाल र कैलाशप्रसाद सुवेदीको इजलासले बेचन र प्रतिकलाई थुनामै राख्ने सुरु जिल्ला अदालतको आदेश सदर गरेको हो ।

 

बेचन र प्रतिकलगायत नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएकाहरुविरुद्ध ठगी, लिखत किर्ते, राज्यविरुद्धको अपराध अनि संगठित अपराधको आरोप छ ।

सम्बन्धित समाचार