मंसिर ३०,काठमाडौं।(एनपिएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सलाई १५४ परनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ५३ रन बनायो । 

सुदूरका लागि आरिफ शेखले सर्वाधिक ४२ रन हिर्काए । ३८ बलको सामना गर्दै नटहाउट रहेका उनले २ चौका र एक छक्का हिर्काए । ब्रान्डन म्याकमुलेनले २३ रन थपेको खेलमा कप्तान दीपेन्द्रसिंह ऐरीले २० रन जोडे । विनोद भण्डारीले १४, हर्मित सिंहले १३ तथा स्कट कुगेलेइनले १० रन थपे ।
बलिङतर्फ पोखराका कप्तान कुशल भुर्तेलले सर्वाधिक २ विकेट लिए । त्यस्तै सागर ढकाल, रेमन रेइफर र माइकल लिस्कको नाममा पनि समान १ विकेट रह्यो ।