लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढीकरण सरकारको मुख्य कार्यभारः गृहमन्त्री

1.7k Shares

मंसिर २७,काठमाडौं ।गृहमन्त्री रमेश लेखकले संविधानको रक्षा गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढीकरण सरकारको मुख्य कार्यभार भएको बताउनुभएको छ ।बिहीबार काठमाडौँमा आयोजित शान्ति, सुरक्षा तथा विपद् व्यवस्थापनसम्बन्धी अन्तर प्रदेशस्तरीय कार्यशाला गोष्ठीमा बोल्नुहुँदै मन्त्री लेखकले यस्तो बताउनुभएको हो ।

‘साइबर क्राइममा खासगरी घृणात्मक अभिव्यक्तिहरू बढिरहेको छ। कसैको व्यक्तिको चरित्रहत्या गर्ने, समाजमा द्वन्द्व बढाउने, भूगोल, धर्म र भाषाको बीचमा विद्वेष फैलाउने र समाजलाई गलत ढंगले प्रभावित पार्ने तरिकाले यो अपराध बढिरेहेको छ। अपराध नियन्त्रणका लागि कुनै पनि खालको सम्झौता नगरी निर्मम ढंगले प्रस्तु हुन आवश्यक छ,’– उनले भने ।

उहाँले संविधानलाई असफल बनाउने छुट कसैलाई नभएको भनाइ राख्नुभयो । उहाँले नेपालमा ६८ वर्षको अवधीमा सात वटा संविधान बनेको स्मरण गराउँदै संविधान धेरै बन्नु राजनीतिक अस्थिरताको उदारहण भएको बताउनुभयो ।

उहाँले संविधानलाई असफल बनाउन संविधान विरोधी गतिविधिहरु गर्ने र वर्तमान व्यवस्थालाई असफल सावित गर्ने प्रयत्न हुने गरेको उल्लेख गर्नुहुँदै त्यसका विरुद्ध कडा रुपले उभिन जरुरी रहेको बताउनुभयो । उहाँले भोतिक विकास निर्माण र आर्थिक वृद्धि गर्न नसक्दा जनतामा केही असन्तुष्टि रहेपनि संविधानकै कारण मुलुकमा समृद्ध बन्न नसकेको भाष्य निर्माण गर्ने दुष्प्रयास भइरहेको औंल्याउनुभयो । संविधान विरोधी गतिविधिहरु कुनैपनि हिसावले क्षम्य नहुने लेखकको भनाइ छ ।

उहाँले मुलुकमा साइबर अपराधका घटनाहरु बढिरहेको बताउनुभयो । उहाँले व्यक्तिगत चरित्रहत्या र समाजको शान्ति व्यवस्था खल्बल्याउने अपराधिक क्रियाकलापहरु बढेको उल्लेख गर्दै यसकाविरुद्ध सरकार निर्मम ढङ्गले प्रस्तुत हुने बताउनुभयो ।जनतालाई कानुनी राज्यको प्रत्याभुति दिलाउने सवालमा सरकारले कसैसँग सम्झौता नगर्ने उहाँको भनाइ छ ।

सम्बन्धित समाचार