रुसी पूर्व राष्ट्रपति मेदभेदेव चीन भ्रमणमा

2.8k Shares

बेइजिङ, मङ्सिर २६ गते । रुसी पूर्व राष्ट्रपति दिमित्री मेदभेदेव मस्कोको प्रमुख साझेदार मुलुकका नेताहरुसँग वार्ताका लागि यसै साता बेइजिङ भ्रमणमा आउनुभएको चिनियाँ विदेश मन्त्रालयले बुधबार जनाएको छ ।

“रुसी पूर्व राष्ट्रपति मेदभेदेवको चीन भ्रमण चीन र रुसबिचको महत्वपूर्ण उच्चस्तरीय विचारहरुको आदानप्रदान हो,” चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले नियमित पत्रकार सम्मेलनमा भन्नुभयो । माओले रुसी सुरक्षा परिषदको उपप्रमुखका रुपमा कार्यरत पूर्व राष्ट्रपतिका लागि तय गरिएको यात्रा कार्यक्रम वा बैठकका बारेमा थप जानकारी दिनुभएन । 

सन् २०२२ को डिसेम्बरपछि मेदभेदेवको यो पहिलो चीन भ्रमण हो र भ्रमणका क्रममा चिनियाँ सरकारका वरिष्ठ अधिकारीसँग भेटवार्ता र छलफल हुने उहाँ बेइजिङका लागि छुट्नु अगाडी रुसको सरकारी समाचार संस्था तासले जनाएको थियो ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सन् २०२२ को फेब्रुअरीमा छिमेकी मुलुक युक्रेनमाथि पूर्ण आक्रमण सुरु गरेदेखि नै चीनले आफूलाई अमेरिका र अन्य पश्चिमा राष्ट्रको विपरीत तटस्थ पक्षका रूपमा प्रस्तुत गर्न खोजेको छ ।

चीन रुसको घनिष्ठ राजनीतिक र आर्थिक साझेदार रहेको छ, जसले गर्दा केही नेटो सदस्य राष्ट्रहरुले बेइजिङलाई युद्धको ‘प्रोत्साहनकर्ता’ को रुपमा चित्रण गरेका छन् । बेइजिङले युक्रेन आक्रमणको कहिल्यै निन्दा गरेको छैन । सी राजनीतिक प्रणालीमा मेदभेदेवको सीमित भूमिका छ । रासस/एएफपी

सम्बन्धित समाचार