जनकपुर बोल्ट्सको सुदूरपश्चिमसँग ७२ रनको लज्जास्पद हार

1.8k Shares

मंसिर २६, काठमाडौं।सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा जनकपुर बोल्ट्सले पहिलो हार ब्याहोरेको छ।
बुधबार भएको पाँचौ खेलमा जनकपुर सुदूरपश्चिम रोयल्ससँग ७२ रनको फराकिलो अन्तरले पराजित भयो । यो हारसँग सुदूरपश्चिम शीर्ष स्थानमा उक्लिँदा जनकपुर दोस्रो स्थानमा झरेको छ । ५ खेलबाट समान ८ अंक जोडेको सुदूरपश्चिम रनरेटमा अगाडि रहँदै शीर्ष स्थानमा पुगेको हो ।

सुदूरले दिएको १२४ रनको सामान्य लक्ष्य पछ्याएको जनकपुर १२ ओभरमा ५१ रनमा अलआउट भयो । जनकपुरका लागि जोसुआ ट्रोम्पले जोडेको १३ रननै सर्वाधिक रह्यो । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

जनकपुरका ओपनर अनिलकुमार शाह शुन्य, आसिफ शेख ४, लाहिरु मिलान्था ७, हर्ष थाकर ५, जिमी निशम ४, अरनिको यादव १, शेर मल्ल ०, ललित राजवंशी ४ र शुभ कंशाकार ० रनमा आउट भए । किशोर महत्तो शुन्य रनमा अविजित रहे । जनकपुरले १३ रन अतिरिक्त रुपमा पाएको थियो ।

बलिङतर्फ सुदूरपश्चिमका हर्मित सिंह,दीपेन्द्रसिंह ऐरी र इसान पाण्डेले समान २ तथा साइन जैब, नरेन साउद र स्कट कुगेलेइनले समान १ विकेट लिए । त्यसअघि टीयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२३ रनमा रोकिएको थियो ।

सम्बन्धित समाचार