2.8k
Shares
मङ्सिर १५, काठमाडौँ। काठमाडौँको तारकेश्वर नगरपालिका–८ शेषमती लामबगर शान्तिटोल गेट नजिक सडकमा बा ४ ख ७१११ नम्बरको बसको ढोकाबाट खसेर दुई जनाको मृत्यु भएको छ ।
नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीका अनुसार दुर्घटनामा नुवाकोट ककनी गाउँपालिका–५ बस्ने ५० वर्षीय सन्चबहादुर लामा र तादी गाउँपालिका–१ घर भई काठमाडौँ तारकेश्वर–८ लामबगर बस्ने ५८ वर्षीया सुन्तली ओझाको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनाको शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा मृत्यु भएको जानकारी दिए ।
बसबाट खसेर घाइते भएका बसका सह–चालकलाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर पठाइएको छ । हाल फरार बस चालकको प्रहरीले खोजी गरिरहेको छ ।