2k
Shares
मङ्सिर १४,काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह उपनिर्वाचनको मतगणना आयोगको वेबसाइटमा अद्यावधिक गर्ने भएको छ।
आयोगका सहसचिव एवम् प्रवक्ता नीता पोखरेल अर्यालका अनुसार मङ्सिर १६ गते आइतबार हुने स्थानीय तह उपनिर्वाचनको मतदान बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म हुनेछ।
उक्त मतदान कार्य सम्पन्न भएर सबै मतपेटिका तोकिएको मतगणना स्थलमा सङ्कलन भएपछि मतगणना कार्य सुरु हुने उहाँको भनाइ छ।