रवि लामिछानेको आजको बयान सकियो, बाँकी आइतबार हुने

1.5k Shares

मङ्सिर १४,काठमाडौं । रास्वपा सभापति रवि लामिछानेको काठमाडौंमा आजको बयान सकिएको छ । सहकारीको रकम अपचलन लगायतको मुद्दामा बयानको लागि पोखराबाट काठमाडौं ल्याइएका लामिछानेको बयान आइतबार पुन: लिने गर्ने गरी आजलाई सकिएको हो ।

जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंमा शुक्रबार बिहानदेखि लामिछानेको बयान लिइएको थियो । दिउँसो ३ः३० बजेबाट आजका लागि बयान सकिएको हो ।आइतबार बयानलाई निरन्तरता दिनेगरी आजका लागि बयान सकिएको बताइएको छ । सहकारी ठगी र संगठित अपराधमा अनुसन्धान गर्न कात्तिक २ कास्की जिल्ला अदालतको अनुमतिमा लामिछाने पक्राउ परेका हुन् ।

कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीमार्फत भएको अनियमितता प्रकरणमा लामिछानेविरुद्ध मङ्सिर २ गते पक्राउ अनुमति जारी भएको थियो । उहाँलाई बिहीबार साँझ काठमाडौं ल्याइएको थियो ।

सम्बन्धित समाचार