काठमाडौं, २९ कार्तिक । संघीय सरकारका उर्जा, जलस्रोत तथा सिँचाई राज्यमन्त्री पूर्णबहादुर तामाङ उर्फ कान्छाराम तामङ् नेपाली कांग्रेस रामेछाप जिल्ला सभापति एवं , प्रतिनिधि सभा सदस्य हुन्। कान्छारामको कान्छाराम कन्स्ट्रक्सन कम्पनी प्रा।लि। लाई कर्णाली प्रदेश सरकार पूर्वाधार विकास निर्देशनालयले समयमै ठेक्का सम्पन्न गर्न ताकेता गरेको छ । उक्त ठेक्काको म्याद आगामी मंसिर २० गतेसम्म मात्रै रहेको छ ।
निर्देशनालयले आज सार्वजनिक सूचना जारी गरी ठेक्काको म्यादभित्र काम सम्पन्न गर्न ताकेता गरेको हो । प्रदेश राजधानी विरेन्द्र नगरको रोड विस्तारको काम ठेक्का लागेको ३ वर्ष वितिसक्दा पनि सुरु भएको छैन । २०७८ भदौ १७ गते उक्त रोड निर्माणको लागि ठेक्का लागेको थियो । तर, अहिलेसम्म ठेकेदार कम्पनी कान्छाराम कन्स्ट्रक्सनले अटेर गरी निर्माण कार्य अलपत्र पारेको छ ।