मानव तस्करीको आरोप लागेका कोशीका निवर्तमान मन्त्री अधिकारीको एमाले सदस्यता खोस्यो

2.5k Shares

विराटनगर, कात्तिक २४ गते। नेकपा (एमाले) कोशी प्रदेश समितिले कोशी प्रदेशका सांसद तथा पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई पार्टी सदस्यबाट निलम्बन गरेको छ।

आन्तरिक मामिला तथा कानुन मन्त्री रहँदा पदको दुरुपयोग गरी मानव तस्करीमा संलग्न भएको आरोप लागेपछि पार्टी प्रदेश कमिटीले अधिकारीलाई सङ्गठित सदस्यबाट निलम्बन गर्ने निर्णय गरेको हो।

एमाले कोशी प्रदेश कमिटीका अध्यक्ष घनश्याम खतिवडाले शनिबार विज्ञप्ति जारी गर्दै अधिकारीलाई निलम्बन गरिएको जानकारी गराउनुभएको हो।

मानव तस्करीमा संलग्न भएको आरोप लागेपछि मुख्यमन्त्री हिक्मतकुमार कार्कीले तत्काल पदबाट राजीनामा गर्न निर्देशन दिनुभएको थियो।लगतै मन्त्री पदबाट राजीनामा दिनुभएका अधिकारीले आफूले प्रहरीलाई सहयोग गरेको तर उक्त गिरोहमा संलग्न नरहेको जिकिर गर्दै आउनुभएको छ।

अधिकारीसँग जापान पुगेका तीन जनासहित ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । अधिकारीसँगै जापान पुगेर डिपोर्ट भएका तीन जनाले आफूहरुले १० देखि १३ लाखसम्म पैसा बुझाएको बयान दिएका छन् । मन्त्री अधिकारीले मानव तस्करी गरेको भन्दै अहिले सर्वत्र आलोचना भइरहेको छ ।

सम्बन्धित समाचार