1.7k
Shares
कार्तिक२३,काठमाडौं । मकवानपुरस्थित सडक निर्माण कार्यदल सिस्नेरी बेस क्याम्पमा कार्यरत २९ वर्षीय नेपाली सेनाका लेसनायक पदमबहादुर दियालको करेन्ट लागेर मृत्यु भएको हो ।डडेलधुरा गन्यापधुरा गाउँपालिका–१ का दियालको पाइप गाड्ने क्रममा पाइपमाथि रहेको बिजुलीको तारलाई छोइँदा करेन्ट लागेको बताइएको छ ।
सो क्रममा लेसनायक विनोद केसी र सिपाही युवराज कुमाल घाइते भएको बताइएको छ । घाइतेहरुको छाउनीस्थित नेपाली सेनाको अस्पतालमा उपचार भइरहेको छ ।