दाङबाट आएको बस पोखरामा दुर्घटना, दुई घाइते

1.3k Shares

लेखनाथ, कात्तिक २२ गते।दाङबाट भ्रमणका लागि आएको बस पोखरामा दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।बिहीबार कास्कीको पोखरा महानगरपालिका- २२ विश्व शान्तिस्तूप नजिकै रा १ ख २१०६ नम्बरको बस दुर्घटना भएको हो ।Bus_Accident_pokhara.jpg
दुर्घटनामा दाङको तुल्सीपुर उपमहानगरपालिका ४ बस्ने वर्ष १७ की सन्ध्या रसाइली र सोही ठाउँकी वर्ष १९ की मनिषा रसाइली घाइते हुनुभएको छ। कास्कीका प्रवक्ता वसन्तकुमार शर्माले नव युग डान्स क्लब दाङबाट पोखरा भ्रमणका लागि आएको रा १ ख २१०६ नम्बरको मिनी बस दुर्घटना भएको जानकारी दिनुभयो।चालकले नियन्त्रण गुमाउँदा बस सडक छेउमा रहेको तिदुको रुखमा अड्किएको थियो। वडा प्रहरी कार्यालय बैदामबाट खटिएको टोलीले घाइते दुई जनालाई अस्पताल पठाएको र बाँकी २२ यात्रु सकुशल रहेको शर्माले उल्लेख गर्नुभयो। अहिले बाटोमा कुनै अवरोध नरहेको र रुखमा अड्किएको बस क्रेनको सहायताले निकाल्ने प्रयत्न भइरहेको प्रहरीले जनाएको छ। 

 

 

 

सम्बन्धित समाचार