प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार , आजदेखि नियमित काममा फर्किदै

1.6k Shares

काठमाडौं, कार्तिक २२ । प्रधानमन्त्री केपी शर्मा ओली आजदेखि नियमित काममा फर्किने भएका छन् । ज्वरो आएपछि तीन दिनदेखि बालुवाटारमै आराम गरिरहेका ओलीको स्वास्थ सामान्य अवस्थामा फर्किएपछि आजदेखि नियमित काममा फर्किन लागेका हुन् ।चिकित्सकले परिक्षण गरेका सबै रिपोर्टहरु समान्य रहेको जनाउँदै काममा फर्किन सुझाव दिएपछि प्रधानमन्त्री ओली आजदेखि काममा फर्किन लागेको बालुवाटार स्रोतले जानकारी दिएको छ ।

ज्वरोले प्रधानमन्त्री ओली अवस्थ भएपछि उनको सचिवालयले सबै भेटघाट बन्द गरेको थियो । अब आजबाट भने ओली नियमित काममा फर्किन लागेका हुन् ।

सम्बन्धित समाचार