1.9k
Shares
कार्तिक २१,काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले अमेरिकी राष्ट्रपतिमा दोस्रो पटक निर्वाचित डोनाल्ड ट्रम्पलाई बधाई दिएका छन् । राष्ट्रपति पौडेलले बुधबार सामाजिक सञ्जाल ट्विटमार्फत ऐतिहासिक जित हासिल गर्नुभएकामा नेता ट्रम्पलाई बधाई दिँदै संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिका रुपमा उहाँको दोस्रो कार्यकालको पूर्ण सफलताको कामना गर्नुभएको छ।
पौडेलले ट्रम्पको कार्यकालमा नेपाल र अमेरिकाबीचको सम्बन्ध अझ बढी सुदृढ हुने विश्वास गरेका छन् ।