हङकङ सिक्स क्रिकेटको प्लेट सेमिफाइनलबाट बाहिरियो नेपाल

1.8k Shares

काठमाडौं । युएईसँग पराजित हुँदै नेपाल हङकङ सिक्स क्रिकेटको प्लेट सेमिफाइनलबाटै बाहिरिएको छ । आइतबार भएको खेलमा नेपाल पाँच विकेटले पराजित भएको हो। नेपालले दिएको ९५ रनको लक्ष्य पछ्याएको युएईले चार बल बाँकी छदै एक विकेट गुमाएर ९६ रन बनायो ।

क्वार्टरफाइनलबाट बाहिरिने टोलीलाई प्लेट सेमिफाइनल खेल्ने अवसर दिइएको थियो। त्यसमा पनि नेपाल पराजित हुन पुगेको हो । शनिबार कप सेमिफाइनल प्रवेशका लागि भएको खेलमा नेपाल श्रीलंकासँग ४० रनले पराजित हुँदै क्वार्टरफाइनलबाट बाहिरिएको थियो । युएई भने बंगलादेशसँग डिएलएस मेथर्डमा १८ रनले पराजित हुँदै क्वार्टरफाइनलबाट बाहिरिएको थियो । 

त्यसअघि टस हारेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित ६ ओभरमा तीन विकेट गुमाउँदै ९४ रन बनाएको थियो। विवेक अर्धशतक बनाउन एक रनले चुके। १६ बल खेलेका उनले तीन चौका र पाँच छक्कासहित ४९ रन बनाए। उनी अविजित रहे ।

लोकेश बम १९ र कप्तान सन्दीप जोरा सात रनमा आउट हुँदा राशिदले खाता खोल्न सकेनन् । प्रतिश जिसी भने १४ रनमा अविजित रहे । युएईका अकिफ राजाले सर्वाधिक दुई विकेट लिए । सञ्चितको नाममा एक विकेट रह्यो ।

सम्बन्धित समाचार