बेलायतमा हुने इन्टरपोलको महासभामा आईजीपी कुँवर

1.2k Shares

कार्तिक १८ काठमाण्डौं । नेपाल प्रहरीका  महानिरीक्षक वसन्तबहादुर कुँवर इन्टरपोलको ९२ औँ महासभामा सहभागी हुन बेलायत प्रस्थान गरेका छन् ।

इन्टरपोल महासचिवालयको आयोजनामा बेलायतको ग्लास्गोमा कात्तिक १९ देखि २२ गतेसम्म हुने उक्त महासभामा सहभागी हुन प्रहरी महानिरीक्षक कुँवर आइतबार  बिहान त्यसतर्फ प्रस्थान गरेका हुन् ।

राष्ट्रिय केन्द्रीय ब्यूरो नेपालका प्रमुखसमेत रहेका प्रहरी महानिरीक्षक कुँवरसँग महासभामा सहभागी हुन सशस्त्र प्रहरी नायव महानिरीक्षक अन्जनी कुमार पोखरेल पनि गएका छन् । त्यसैगरि नेपालस्थित इन्टरपोल शाखाका प्रमुख प्रहरी उपरीक्षक कोमल शाह पनि कुवँरसँगै बेलायत प्रस्थान गरेका छन्।

सम्बन्धित समाचार