1.3k
Shares
कार्तिक १६, काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले यो पटकको तिहारमा भाइटीका नलगाउने भएका छन् । सहकारीको रकम हिनामिना आरोपमा हिरासतमा रहेका लामिछानेले टिका नलगाउने रास्वपका नेता दीपक बोहोराले बताए ।
उनको एकजना दिदी बिरामी र अर्को दिदी कार्यव्यस्तताका कारणले गर्दा यसपटक लामिछानेले टीका नलाउने बोहोराले बताए । उनी कार्तिक २ गते सहकारीको रकम हिनामिना आरोपमा पार्टी कार्यालय चौमतीबाट पक्राउ परेका थिए ।
अहिले लामिछाने कास्की प्रहरी हिरासतमा छन् । लामिछानेको बयान बुधबार बेलुका नै सकिएको भएपनि बिदाका कारण उनलाई २० गते मात्र कास्की अदालत उपस्थित गराइने भएको छ ।