सर्वोत्कृष्ट कुकुरलाई सम्मान गरेर मनाइयो कुकुर तिहार

1.8k Shares

काठमाडौं, १५ कार्तिक । आज कुकुर तिहार काठमाडौंको महाराजगन्जस्थित प्रहरी प्रधान कार्यालय केनाइन महाशाखाले कुकुरहरुको पूजा गरेर कुकुर तिहार मनाएको छ । सो क्रममा यस वर्षको सर्वोत्कृष्ट कुकुरलाई सम्मान गरिएको थियो । जर्मन शेफर्ड जातको भाले प्रहरी कुकुर टाइगर यस वर्षको सर्वोत्कृष्ट कुकुर बनेको छ ।

साथै, कुकुर तिहारको अवसरमा कुकुरहरुलाई विभिन्न कला प्रदर्शन गर्नसमेत लगाइएको थियो । नेपाल प्रहरीले अपराध अनुसन्धानका क्रममा कुकुरको सहायता लिने गरेको छ । अपराध अनुसन्धानमा कुकुरलाई प्रहरीले प्रभावकारी रुपमा प्रयोग गर्दै आएको छ । कुकुरको सहायताले प्रहरीले जटिल प्रकृतिका अपराधमा समेत Kukur-Tihar-2081-2-768x512.jpegKukur-Tihar-2081-3-768x505.jpegKukur-Tihar-2081-4-768x505.jpegKukur-Tihar-2081-8-768x493.jpegKukur-Tihar-2081-9-768x512.jpegसफलता हाँसिल गर्दै आएको छ । 

 
 
सम्बन्धित समाचार