1.9k
Shares
कार्तिक ०२,काठमाडौं-फर्पिङ-हेटौंडा सडक तीन दिनका लागि पूर्ण रूपमा बन्द गरिएको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले शुक्रबार सूचना निकालेर सडक मर्मत गर्नुपर्ने भएकोले तीन दिन शुक्रबार, शनिबार र आइतबार सडक बन्द रहने बताएको हो।
कुलेखानी-फाखेल र सिस्नेरी-दक्षिणकाली हुँदै काठमाडौंबाट मकवानपुरतर्फ जाने आउने सवारी साधनको आवागमन रोकिएको ट्राफिक प्रहरीको भनाइ छ।
सवारी साधन वैकल्पिक सडक प्रयोग गर्न पनि प्रहरीको आग्रह छ।