नेपाल राष्ट्रको इज्जत बढाउने काम गर्न विद्यार्थीहरूले गर्नुपर्छ: माधवकुमार नेपाल

1.5k Shares

भदौ १५, काठमाण्डौं । ने.क.पा. (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले शैक्षिक क्षेत्रको सुधारका लागि विद्यार्थी सङ्गठनहरूले पनि योगदान दिनुपर्ने बताएका छन् ।

काठमाडौंमा आयोजित वृहत शैक्षिक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेपालले शिक्षा क्षेत्रमा देखिएका बिभिन्न समस्याहरूको समीक्षा गर्दै यस क्षेत्रको सुधारका लागि विद्यार्थी संगठनहरुले पनि योगदान दिनुपर्ने बताएका हुन् ।  

अध्यक्ष नेपालले समयसीमाप्रति गम्भीर नहुने र अपारदर्शीका विषयमा पनि विद्यार्थी संगठनले ध्यान दिनुपर्ने बताएका हुन् । उनले देशलाई सुन्दर बनाउने र नेपाल राष्ट्रको इज्जत बढाउने काम गर्न विद्यार्थीहरूलाई सुझाव दिए ।

 

सम्बन्धित समाचार