पाँचथर घटना- म माओवादीको कार्यकर्ता हो मैले माओवादीको लडाकुका रुपमा काम गरेको छैन: आइतराज

1.6k Shares

भाद्र १४, काठमाण्डौं । पाँचथरको फालेलुङ गाउँपालिका–५ प्राङवुङको डाडागाउँ टोलमा बिहीबार विस्फोटक पदार्थ पड्किँदा दुई बालबालिकाले ज्यान गुमाए । स्थानीय दिलीप साँवाका ११ वर्षीय छोरा दिप्सन र अढाई वर्षीया छोरी प्रिन्साको बम पड्किँदा ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका डीएसपी हेमन्त भण्डारीका अनुसार छिमेकी बालक ७ वर्षीय दिप्सन राईको अवस्था सामान्य छ । भाग्ने क्रममा दिप्सनलाई चोट लागेको थियो । उनी घरमै उपचाररत छन् ।

डीएसपी भण्डारीका अनुसार ज्ञानबहादुर बस्दै आएको घरका मालिक आइतराज माओवादी कार्यकर्ता हुन् । उनको घरपछाडिको झाडीमा बम जस्तै अर्को शंकास्पद वस्तु भेटिएको छ । त्यसलाई नेपाली सेनाले डिस्पोज गरिसकेको छ ।

‘होम मेड सकेट बम’ भन्ने कुरा आएको छ । सेनाले अनुसन्धान गरिरहेको छ । बिहीबार विस्फोट भएको पनि घरेलु सकेट बम नै भएको सेनाले जानकारी दिएको छ ।

डीएसपी भण्डारीले भने घरपछाडिको झाडीमा बम रहेको पुष्टि भयो । यो पुरानै भन्ने खुलेको छ । शंकास्पद गतिविधि केही छैन । सेनाले खोजी गर्दा अरु भेटिएन ।

दश वर्षअघि नै घर ज्ञानबहादुरलाई जिम्मा लगाएको उनले बताएका छन् । ‘घर पहिले नै जिम्मा लगाएको हो । उहाँहरू (ज्ञानबहादुर) पनि सामान्य मान्छे हो ।

म माओवादीको कार्यकर्ता हो उनले भने  तर मैले माओवादीको लडाकुका रुपमा काम गरेको छैन । तर युद्धका बेला मेरो घरमा माओवादी र सेना दुवै आइरहन्थे । अहिले म सदरमुकाम बस्छु ।

आइतराजले आफु सदरमुकामबाट वर्षमा एक पटक मात्रै घर जाने गरेको बताए । तर घर र घर आसपासमा द्वन्द्वकालीन विस्फोटक पर्दाथ रहेकोबारे उनले अनभिज्ञता प्रकट गरे ।

सम्बन्धित समाचार